थप समाचारबुधबार, फाल्गुण १६, २०६९

चैत पहिलो सातादेखि काठमाडौँमा साझा बस चल्ने

हिमालखबर

तस्वीरः साझा यातायात

फागुन दोस्रो सातादेखि सञ्चालन गरिने भनिए पनि केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले चैत पहिलो सातादेखि बस सञ्चालनमा ल्याइने साझा यातायातले जनाएको छ । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले रुट परमिट र गाडी दर्ताको काम बाँकी रहेकाले सबै प्रक्रिया सकेर चैतको पहिलो सातादेखि बस सेवा सुरु गरिने बताए ।

प्रबन्धक पाण्डेका अनुसार हरियो रङ्गका बसमा अहिले डिजाइनिङ र लोगो राख्ने काम भइरहेको छ । साझा यातायातका हरियो रङका १६ वटा अत्याधुनिक बस एक साताअघि काठमाडौँ ल्याइएका हुन् । बस सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको छनोट भइसकेको साझा यतायातले जनाएको छ ।

साझाका अनुसार भारतको टाटा कम्पनीबाट खरिद गरिएको एक बसको भन्सारसहित करिब ३२ लाख रुपैयाँ मूल्य परेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>