थप समाचारबिहीबार, फाल्गुण १७, २०६९
राजनीतिक सुधारका लागि चीनिया जनताको खुला पत्र
बिबिसिका अनुसार पत्रमा हस्ताक्षर गर्ने करिब सय जनाले सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि अनुमोदन गर्न आग्रह गरेका छन् । चीनले सन्धिमा सन् १९९८ मै हस्ताक्षर गरे पनि संसदबाट अनुमोदन भएको छैन ।
पत्र चीनका नेताहरु बेइजिङ्मा हुन गइरहेको वार्षीक संसदीय बैठकको केही दिन मात्र अघि लेखिएको हो । उनीहरुले पछिल्लो तीन महिनामा यस्तो पत्र लेखेको यो दोस्रो पटक हो । पत्रलाई चीनका सम्पूर्ण वेबसाइट र ब्लगमा पोस्ट गरिएको छ ।
खुल्ला पत्रमा चीनका प्रबुद्ध व्यक्तिहरु अर्थशास्त्री माओ युशी, कानुनी विद्वान हे वाइफ्याङ् तथा राजनीतिक कार्यकर्ता दाइ किंगलगायतका व्यक्तित्वको हस्ताक्षर रहेको छ ।
