समाचारबिहीबार, फाल्गुण १७, २०६९
दाहालले माडीवासीसँग क्षमा मागे
घट्नाका पीडितहरुको विरोधका वावजुद माडी महोत्सव उद्घाटन गर्न पुगेका दाहालले माफी मागेका हुन । दाहालले घट्ना एमाओवादीको केन्द्रीय नीति विपरीत भएको जिकिर गरे । सरकारले पीडितका लागि रु. ६० लाख छुट्याएको पनि उनले जानकारी दिए ।
दाहालले उद्घाटन गरेको कार्यक्रम बाँकी दलहरुले बहिस्कार गरे । घट्नाका पीडितहरुले हत्यारालाई कारवाहीको माग राखेर विरोध प्रदर्शन गरेका थिए । दाहालको अगाडि विरोध गरेको निहुँमा प्रहरीले कृष्ण अधिकारीलाई पक्राउ गरेको थियो ।
२३ जेठ २०६२ मा एमाओवादीले कल्याणपुरको बाँदरमुँडे यात्रुबाहक बसमा विस्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।
सविता श्रेष्ठ, चितवन
