थप समाचारबिहीबार, फाल्गुण १७, २०६९

प्रहरी दमनको विरोध

हिमालखबर

माडी महोत्सव उद्घाटनका लागि चितवन पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कालो झण्डा देखाएको भन्दै १७ फागुनमा प्रहरीले गरेको दमनको समाजले विरोध गरेको हो । समाजका अध्यक्ष जनकबहादुर राउतद्वारा जारी विज्ञप्तिमा पीडितहरुमाथि सहानूभूति र न्यायको प्रत्याभूति दिलाउनुको सट्टा राज्यशक्तिको दुरुपयोग गरेर पीडितमाथि बल प्रयोग गर्नु निन्दनीय भएको उल्लेख छ ।

प्रहरीले माडी घटना संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीलाई पक्राउ गरेको थियो भने अन्य पीडितहरुलाई बल प्रयोग गरेर तितरबितर पारेको थियो । २३ जेठ २०६२ मा माडी, बाँदरमुडेमा एमाओवादीले यात्रुबाहक बसलाई एम्बुसमा पारेर ३८ को ज्यान लिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>