समाचारबिहीबार, फाल्गुण १७, २०६९

प्रधानन्यायाधीशविरुद्धको अपहेलना निवेदन फिर्ता

हिमालखबर

प्रधानन्यायाधीशले न्यायाधीश आचारसंहिताको अवहेलना गरेको भन्दै अधिवक्ता सुनिलरञ्जन सिंहले  दिएको निवेदन १७ फागुनमा फिर्ता गरिएको हो । प्रधानन्यायाधीशको निर्देशनमा अदालतबाट गत सोमबार जारी विज्ञप्तिलाई लिएर अधिवक्ता सिंहले १६ फागुनमा अवहेलनाको निवेदन दर्ता गराएका थिए ।

सहरजिस्ट्रार नहकुल सुवेदीले दिएको दरपीठ आदेशमा भनिएको छ, “निवेदनसाथ निवेदकले पेस गरेको यस अदालतको विज्ञप्तिमा न्यायपालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्ने समेतको व्यहोरा स्पष्ट उल्लेख हुँदाहुँदै विज्ञप्तिमा उल्लेख नै नभएको कार्यपालिका प्रमुखको पद लिन तयार भएको भन्ने मनोगत अर्थ गरी प्रधानन्यायाधीशको पद र अदालतको गरिमामा आँच पुग्ने गरी दर्ता गर्न ल्याउनुभएको प्रथम दृष्टिमा नै दर्ता गर्न लायक नदेखिँदा दर्ता गर्न मिलेन ।”

अदालतद्वारा केही दिनअघि जारी विज्ञप्तिमा चुनावी सरकारको मन्त्रिपरिषद्को अध्यक्षता गर्ने प्रधानन्यायाधीशको निजी चाहना नभए पनि देशमा उत्पन्न राजनीतिक एवं संवैधानिक जटिलताको निकासका लागि आफ्नो सकारात्मक दृष्टिकोण रहेको उल्लेख गरिएको थियो । सहायक प्रवक्ता हेमन्त रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक तहमा गरिने संवैधानिक एवं कानुनी जटिलताको निकास र न्यायपालिका तथा न्यायिक निर्णयको उच्च सम्मान गर्दै प्रधानन्यायाधीशले आगामी प्रक्रिया निर्धारण गर्ने पनि बताइएको थियो ।

अधिवक्ता सिंहल निवेदन दरपीठविरुद्ध शुक्रबार पुनः अर्को निवेदन दर्ता गराइने जानकारी दिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>