समाचारशुक्रबार, फाल्गुण १८, २०६९

नेपाली टाइम्सका पाठकलाई चाइना डेली

हिमालखबर

चाइना डेलीका लागि पाठकले थप शुल्क तिर्नु नपर्ने र १८ फागुनदेखि पढ्न पाइने नेपाली टाइम्सका प्रकाशक तथा सम्पादक कुन्द दीक्षितले जानकारी दिए । आर्थिक, भूराजनीतिक र सांस्कृतिक विषयमा एसियाली दृष्टिकोण प्रस्तुत गर्दै आएको चाइना डेली २४ पेजको छ । अमेरिका, भारत, इन्डोनेसिया लगायत २४ ठाउँबाट प्रकाशन हुँदै आएको डेली टेबलोइड आकारको पत्रिका हो ।

चाइना डेलीका केनरिक लीले नेपाली टाइम्ससँगको सहकार्यमा पत्रिकाको पहुँच विस्तार गर्न पाउँदा गर्व लागेको बताए । चीनप्रति नेपालीको चासो भएकाले पनि डेलीमा प्रकाशित सामग्री यहाँका पाठकका लागि रुचिकर हुने लीको विश्वास छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>