थप समाचारशुक्रबार, फाल्गुण १८, २०६९
सिरियाली विद्रोहीलाई पश्चिमाले तत्काल हतियार नदिने
विपक्षी गठबन्धनले सैनिकसँग लड्नका लागी आफूहरुलाई हतियार उपलव्ध गराउन आग्रह गरेपनि छलफलमा सहभागी देशहरुले हतियार उपलव्ध गराउने विषयमा निर्णय गर्न भने सकेनन् । यद्यपि विपक्षीहरुलाई आर्थिक सहयोग गर्न भने पश्चिमा शक्तिराष्ट्रहरु सहमत भएका छन् ।
अमेरीकाले ६० मिलीयन डलर सहयोग गर्ने घोषणा गरेको छ भने अरु देशहरुले पनि द्वन्द्वमा घाइते भएकाहरुका लागि उपचारमा सघाउने घोषणा गरेका छन् । विपक्षीहरुलाई सहयोग गरिने हतियार अन्य अतिवादीको हातमा पर्न सक्ने आशंका गर्दे पश्चिमा शक्तिराष्ट्रहरु हतियार सहयोगका लागि तयार नभएको सिन्ह्वाले जनाएको छ ।
बैठकपछि विपक्षी गठबन्धनका नेता मोज अल खतिव र अमेरीकी विदेशमन्त्री जोन केरीले गरेको पत्रकार सम्मेलनमा राष्ट्रपति बसर अल असादसँग सत्ता छाडनुको विकल्प नभएकोमा जोड दिइएको थियो ।
पछिल्लो समय सरकार र विपक्षीबीच वार्ताको प्रसंग चलिरहेका वेला विपक्षीहरुले पश्चिमा शक्तिराष्ट्रहरुसँग छलफल गरेका हुन् ।

