थप समाचारशुक्रबार, फाल्गुण १८, २०६९

पाँच बीउबीजन सिफारीस

हिमालखबर

नार्क अन्तर्गतको राष्ट्रिय बीउबीजन समितिले सिफारिस गरेका बालीका नयाँ जातहरूमा मोरङ्ग तोरी–२, आइसिजे ९७०४ रायो तथा धानका जातमा राधा–१३, एनआर १०४७९—बि—३३—२—१—१ र एनआर १०४८२—८—१०—३—२—२ छन् ।

कृषि विकास मन्त्रालयका सह—सचिव डा. प्रभाकर पाठकका अनुसार समितिले छिटो पाक्ने र सुख्खा सहन सक्ने तोरी सिफारिस गरेको हो । तराई, भित्री मधेश र बेसी क्षेत्रको लागि सिफारिस गरिएको राधा–१३ धानलाई कम मल भए पुग्ने उनले जानकारी दिए ।

चिसो सहने क्षमता भएको एनआर १०४७९—बि—३३—२—१—१ र एनआर १०४८२—८—१०—३—२—२ जातको धान १५ सय मिटर भन्दा अग्लो उच्च पहाडी क्षेत्रका लागि उपर्युक्त हुने पाठकले बताए ।

मीना शर्मा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>