समाचारशुक्रबार, फाल्गुण १८, २०६९
पेस्तोल देखाएर चन्दा असुल्ने पक्राउ
१८ फागुनमा रुकुमकोट गाविसस्थित धाउने बजारमा व्यपारीहरुलाई धम्काउँदै चन्दा उठाइरहेका बेला प्रहरीले तीन जनालाई एक थान पेस्तोल र त्यसमा प्रयोग हुने पाँच वटा गोली सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हुकाम गाविसका किस्मत बुढामगर, नविन घर्ती र मैकोट गाविसका लक्षण पुन रहेको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ ।
उनीहरु अन्य अपराधका घटनाहरुमा पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरु विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ ।
लक्ष्मण केसी, रुकुम
