समाचारशुक्रबार, फाल्गुण १८, २०६९
‘रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्छ’
१८ फागुनमा नुवाकोटको विदुरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता केसीले निर्वाचन गराउनका लागि प्रधानन्यायाधीशको नेतृत्व उपयुक्त भए पनि प्रक्रिया गलत भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री भएसँगै रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा गर्नु पर्ने कांग्रेसको अडान रहेको दाबी गरे ।
नेता केसीले एमाओवादीले सत्तामा रहिरहन विभिन्न बाहनाबाजीमा चुनाव टारेको र सहमतिमा अवरोध जारी राखेकाले मुलकले संकटबाट निकास पाउन नसकेको बताए ।
