समाचारशुक्रबार, फाल्गुण १८, २०६९
जेठमा निर्वाचन हुँदैन: झा
१८ फागुनमा वीरगन्ज पुगेका मन्त्री झाले ठूला चार दलका शीर्ष नेताहरुले अन्य दलहरुसँग सल्लाह नै नगरी एकलौटी रुपमा अघिबढेकाले मुलुक थप जटिलतातर्फ उन्मुख भएको बताए ।
उनले चार दलकै कारण संविधानसभाको अवसान भएको आरोप लगाउँदै अहिले पनि चार दलकै आपसी सल्लाहमा हरेक निर्णय हुदै आएकाले त्यो सफल नहुने जिकिर गरे । संघीय सद्भावना पार्टीका अध्यक्षसमेत रहेका झाले राष्ट्रिय मुद्दाहरुमा चार दलका केही नेताहरुले मात्रै निर्णय गर्दा कहिल्यै सफल नहुने दाबी गरे ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने बारेमा पनि केही नेताहरुबीच मात्रै सहमति भएको र अन्य धेरै पक्षबाट विरोध भइरहेकोले यो पनि सफल नहुने उनको भनाई थियो ।
अली असगर, वीरगञ्ज
