समाचारशुक्रबार, फाल्गुण १८, २०६९
बीए प्रथम वर्षको रिजल्ट आयो, ३२ प्रतिशत उत्तिर्ण
गत चैत महिनामा भएको परीक्षाको झण्डै एक वर्षपछि प्रकाशित परीक्षाफल अनुसार ३२ दशमलव ६ प्रतिशत उत्तिर्ण भएको विश्वविद्यालयले जनाएको छ ।
२०६८ साल चैत महिनामा भएका अन्य संकायका परीक्षाफल पनि यही महिनाभित्र सार्वजनिक हुने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
