समाचारशुक्रबार, फाल्गुण १८, २०६९
संविधान बाहिर जान्न: राष्ट्रपति
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै शीतल निवास पुगेका नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग राष्ट्रपति यादवले आफू संविधान बाहिर गएर कुनै कदम नचाल्ने बताएको बारका उपाध्यक्ष टिकाराम भट्टराईले हिमालखबरलाई बताए ।
“हामीले बारको धारणा राष्ट्रपतिलाई अवगत गरायौं, उहाँले आफू संविधान बाहिर गएर कुनै कदम नचाल्ने प्रतिवद्धता जनाउनु भएको छ,” उपाध्यक्ष भट्टराईले भने ।
बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा शक्तिपृथकीकरण, संविधानवाद र न्यायिक मान्यताविरुद्ध हुने भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न दलहरुले गरेको सहमतिको विरोध गर्दै आएको छ ।
