समाचारशनिबार, फाल्गुण १९, २०६९

प्रधानन्यायाधीशको नेतृत्व बाध्यताः नेता नेपाल

हिमालखबर

एमाले बरिष्ठ नेता नेपालले राजनितिक गतिरोध अन्त्य र नयाँ निर्वाचनका लागि प्रधानन्ययाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्नु बाध्यता भएको बताएका छन् ।

प्रेस चौतारी म्याग्दीले १९ फागुनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले विभिन्न कानूनी र संवैधानिक अड्चन फुकाएर वहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रक्रिया सकारात्मक रुपले अघि बढेको बताए ।

“दलभित्रैबाट सहमतीय चुनावी सरकारको नेतृत्व खोज्दा कुनै व्यक्तिमा पनि सहमति जुट्न नसकेपछि निष्पक्ष चुनाव गराउन प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्नुपर्ने बाध्यतात्मक अवस्थाको सिर्जनमा भएको हो” नेता नेपालले भने, “वर्तमान सरकारको विस्थापनका लागि शक्ति केन्द्रीकरण र सर्वसत्तावादको जोखिम प्रति सचेत हुँदै लोकतन्त्र खतरामा पर्न नदिन सचेत भएका छौं ।”

एकै व्यक्तिमा सबै शक्ति केन्द्रीकरण हुँदा सर्वसत्तावादको खतरा रहने भएकाले न्यापालिकालाई प्रभावित बन्न नदिन तथा लोकतन्त्रको रक्षाका लागि प्रधानन्याधीशले प्रधानमन्त्री बन्नुअघि पदबाट राजीनामा दिएमा सबै शंकाको अन्त्य हुने नेता नेपालको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>