समाचारशनिबार, फाल्गुण १९, २०६९

प्रधानन्यायाधीशको नेतृत्व मान्य हुँदैनः चन्द

हिमालखबर

१९ फागुनमा दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चार शक्तिका नाममा हुनेगरेका सहमति आफूहरुले नमान्ने भन्दै आफुहरुलाई बाहेक गरे देशमा चुनाव समेत हुन नसक्ने बताए ।

“प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाउने कदम पुर्णतः अराजनीतिक कदम हो,” चन्दले भने, “राजनीतिक मुद्दाको समाधान राजनीतिक नेतृत्वबाटै हुनुपर्छ ।”

विद्यमान राजनीतिक संकट समाधानका लागि आफुहरुलाई समावेश नगराए युद्ध गर्ने चेतावनी समेत उनले दिएका छन् ।

दलहरुबीच भएको सहमतिको विरोध गरेका चन्दले प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव भए पार्टी सहभागी हुन्छ कि हुँदैन भनी सोधेको प्रश्नको जवाफ उनले प्रष्ट रुपमा भने दिएनन् । उनले भने, “मुलुकलाई संकट निकास दिने प्रक्रियामा हामीलाई पनि सहभागी गराए चुनाव हुनसक्छ ।”

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>