थप समाचारआइतबार, फाल्गुण २०, २०६९
कालो दिन भन्दै कालीमाटी तरकारी बजार बन्द
काठमाडौंको कालीमाटी तरकारी बजार २० फागुनलाई कालो दिनको रुपमा संझिदै बन्द गरिएको व्यवसायीहरुले बताए ।
आगलागीमा परेर पोहोर ६ जनाको ज्यान गएको थियो भने १० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
ज्यान गुमाएकाहरुको आफन्तलाई राहत दिने र ध्वस्त संरचना निर्माण गर्ने प्रतिबद्धता त्यतिबेला सरकारले जनाए पनि अहिलेसम्म काम नभएको गुनासो व्यवसायीहरुको छ ।
थोक बजार साँझ ६ बजेसम्मका लागि बन्द हुने जनाइएको छ ।

