समाचारआइतबार, फाल्गुण २०, २०६९
राष्ट्रपतिलाई प्रधानसेनापतिले भेटे
राष्ट्रपतिभवन शीतलनिवासमा विहान करिब तीन घण्टा भएको भेटको बारेमा औपचारिक जानकारी नदिइए पनि समायोजन रोजेका माओवादी पूर्व लडाकुहरुलाई दिइने दर्जाको बारेमा दलहरुबीच कुरा नमिल्दा नेपाली सेनाले सञ्चालन गरेको तालिममा परेको प्रभावको बारेमा प्रधानसेनापति जबराले राष्ट्रपतिलाई जानकारी गराएको शीतलनिवास स्रोतले जनाएको छ ।
नेपाली सेनाले मनाउन लागेको सेना दिवसको बारेमा पनि छलफल भएको बुझिएको छ । भेटमा सेनापति जबराले नेपाली सेनाले गरिरहेको कामकारबाहीको बारेमा पनि जानकारी गराएका थिए ।
