थप समाचारआइतबार, फाल्गुण २०, २०६९
भारत लैजाँदै गरिएका बालकहरुको उद्धार
डेभलपमेन्ट नेपाल नामक संस्थाले बालकहरुलाइ १९ फागुन साँझ रक्सौल रेल्वे स्टेशनबाट उद्धार गरेको हो ।
मानव तस्करीमा संलग्न गिरोहले रौतहट र बाराका विभिन्न गाविसका १३ वर्ष देखि १५ वर्ष उमेर समूहका बालकहरुलाइ जनसाधारण एक्सप्रेस रेल मार्फत् मुम्बई लैजान लागेका बेला रक्सौल रेल स्टेशनबाट उद्धार गरिएको डेभलपमेन्ट नेपालका कार्यक्रम संयोजक सन्दीप ठकुरीले बताए ।
उद्धार गरिएका सबै बालकहरुलाई २० फागुनमा अभिभावकको जिम्मा लगाइएको छ ।
अली असगर, वीरगञ्ज
