थप समाचारआइतबार, फाल्गुण २०, २०६९
काठमाडौं–हेटौडा सुरुङगमार्ग चार वर्षमा बन्ने
२० फागुनमा वीरगञ्जको उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले सुरुङ निर्माण कार्यका लागि अनुमानित लागत करिब २० अर्ब रुपैयाँ रहेको जानकारी दिंदै चार बर्षभित्रमा निर्माणमा सम्पन्न हुने बताएका हुन् ।
सुरुङगमार्ग निर्माणपछि मुलुकको अर्थतन्त्रमा ठूलो फड्को ल्याउने जोशीले बताए ।
उक्त सुरुङमार्ग निर्माण भएपछि हेटौडाबाट डेढ घण्टामै काठमाडौं पुग्न सकिने छ ।
अली असगर, वीरगञ्ज
