समाचारआइतबार, फाल्गुण २०, २०६९

एमाओवादीको उल्टो दिनगन्ती शुरुः कोइराला

हिमालखबर

२० फागुन साँझ झापाको दमकमा पार्टी नगर समितीको भबन उद्घाटन गर्दै सभापति कोइरालाले यस अघि भएका सबै सहमतिलाई लत्याउँदै केही मधेशकेन्द्रित दलहरुको आडमा एमाओवादीले सर्बसत्तावाद तर्फको यात्रा शुरु गरेको आरोप लगाए ।

कोइरालाले एमाओवादी नेतृत्वको वर्तमान सरकारले राज्यका संयन्त्रहरुलाई कार्यकर्ता भर्ती केन्द्र बनाएर राज्यमाथि लुट मच्चाएको दाबी पनि गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री कृष्ण सिटौलाले माओवादी मुखले संघीयताको कुरा गरे पनि संबिधान बन्न नदिएर संघीयताबिरोधी चरित्र देखाएको बताए । उनले लोकतन्त्रप्रति प्रतिबद्ध नभएको एमाओवादी र सत्ता भनेपछि मरिहत्ते गर्ने केहि मधेशकेन्द्रीत दलहरुका कारण संबिधान नबनेको दोहोर्‍याए ।

२०५३ सालमा तात्कालिन कांग्रेस सभापती गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको कांग्रेस दमक नगर समितीको भवन १६ बर्षपछि ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>