समाचारआइतबार, फाल्गुण २०, २०६९

जन्ती बस दुर्घना हुँदा १५ को मृत्यु(मृतकको नामसहित)

हिमालखबर

देब पचभैया, पाल्पा

युटाइटेड मिसन अस्पताल पाल्पामा उपचारत घाइते । तस्वीरः देव पचभैया

खानीछाप आमडाँडाबाट चिदिपानी–७ स्थित दुलाहाको घर फर्कदै गरेको लु १ ख २७९५ नम्बरको बस आर्यभञ्याङ्ग–राम्दी सडक खण्डको धैरेनी २० फागुनमा सडकबाट झण्डै ७ सय मिटर तल भालुखोलामा खसेको हो ।
१२ जनाको घटना स्थलमै र ३ जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घाईते  मध्ये ९ जनाको मिसन अस्पताल तानसेन र १७ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।
मृतकहरू
१ मिलन बिक(२५) हुमिन, पाल्पा (बस चालक),
२ बेदबहादुर विरकट्टा(५५)
३ कमला जर्घा(२५),
४ लोकबहादुर सारु (२८),
५ नबिना सूर्यबंशी(१६),
६ केशकुमारी बिरकट्टा(१७),
७ योगेन्द्र चर्ती(२५),  दुलाहाको दाई
८ केशरी सारु(२५),
९ बष्णुबहादुर चर्ती(४६), दुलाहाको बुबा
१० नबिना सुर्यबंशी(१८),
११ लुलिसरा सारु(३०),
१२ रमेश बिक(२६),
१३ सुरज न्यौपाने(२१)
१४ अम्मरबहादुर जर्घा(५६) र
१५ रमा सारु(२५)
घाइतेहरू
चिदिपानी–७ बुडिकोटका असोक सारु(१९), बिष्णु बिरकट्टा(१३), इन्दिरा थापा(१२), नायरनमतलेशका खेम श्रेष्ठ(२४), चिदिपानी–७ बुढीकोटका ईन्द्रा दर्छा, चन्द्रिका सारु (२०), बाल बालकुमारी चिदी(१९), हिरा सिंजाली(२२), गोर्खाकी युवकुमारी आले(१६), चिदिपानी–७ बुढीकोटका महेश बिक(२१), बमिता गाहा(१५), बिष्णु सारु(२०), रामबहादुर सारु(१८), मित्रबहादुर सारु, रितबहादुर जर्घा(२७), दानबहादुर सारु(२१) र १७ बर्षिया शोभा कुँवरको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

यस्तै, चिदिपानी–७ बुढीकोटका बिमल बिरकट्टा(१८), नायर नमतलेश–१ का डेन्जिङ्ग रायमाझी(२८), चिदिपानी–७ बुढीकोटका सुभास कुँवर(२०), भुमिका चर्ती(५), कृष्ण सारु(२१), दुलाहा केशबबहादुर चर्ती (२०), बेहुली बिष्णु चर्ती(१८), सन्दिप गुरुङ(१४) र बिषन सारु(१८)को युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ ।

दुर्घटना स्थलमा  ठुलो भिर र अध्यारो भएकाले घाईते हरुको उद्धार गर्न निकै कठिन भएको थियो । जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी आर्यभञ्याङ्ग, प्रहरी चौकी राम्दी र स्थानिय बासीले उद्धार गर्न कठिन भएपछि तानसेनमा रहेको चण्डी प्रसाद गणबाट राती १ बजे  नेपाली सेनाको टोली  गएको थियो ।

घाईतेलाई सडकमा निकाल्न झण्डै एक घण्टा लागेकाले पनि उनीहरुको छिटो उद्धार गर्न नसकिएको उद्धारमा जुटेका प्रहरी चौकी आर्यभञ्याङ्गका प्रमुख असई बिष्णु थापाले बताए ।   थापाका अनुसार मृतकको सख्या अझ बढ्न सक्ने र उज्यालो भएपछि मात्रै खोजी गर्न सजिलो हुनेछ ।

दुर्घटनामा मृत्युहुनेहरु प्राय सबै बेहुलाको  गाउँ चिदिपानी–७ बुढीकोटका छन् । सोही स्थानमा ३ बर्ष अघि भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>