समाचारसोमबार, फाल्गुण २१, २०६९
दलहरुले आफू असफल भएको घोषणा गरेः गजुरेल
२१ फागुन बिहान नुवाकोटको विदुर पुगेका माओवादी नेता गजुरेलले भने, “एक जना कर्मचारीको घरमा पुगेर ‘ल बाबा हामीले सकेनौं प्रधानमन्त्री पद खाइदिन पर्यो’ भन्दै दैलो चहार्न नेताहरु पुग्नु जस्तो दुर्भाग्य अरु के होला?”
उपाध्यक्ष गजुरेलले तीन ठूला दल र मधेशी मोर्चाका शीर्ष नेताहरु विदेशीको इशारामा नाच्दै प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने खेलमा लागेको आरोप लगाए ।
नेता गजुरेलले प्रधानन्यायधीशको नेतृत्वमा हुने निर्वाचन नेकपा–माओवादी सहभागी नहुने समेत बताएका थिए।
