थप समाचारसोमबार, फाल्गुण २१, २०६९

चोरीको गाडीमा प्रहरी सररर…

हिमालखबर

पत्याउनै गाह्रो तर, बांके जिल्ला प्रहरी कार्यालयका अधिकृतहरु चोरीकै गाडीमा चढिरहेका छन् ।

कतै पनि दर्ता नभएको गाडीमा नक्कली सरकारी नम्बरप्लेट राखेर जिल्ला प्रहरी कार्यालय बांकेले चोरीको गाडी कुदाइरहेको छ । प्रहरीले चलाइरहेको टाटा कम्पनीको सुमो जीप यसअघि धनगढीमा एम्बुलेन्सका रुपमा चलिरहेको थियो । विरामी बोकेर धनगढीबाट नेपालगन्ज आउदै गरेको एम्बुलेन्सलाई प्रहरीले नेपालगन्ज बजारबाटै गत मंसीरमा नियन्त्रणमा लिएपछि चोरीको गाडी भएको थाहा भएको हो ।

कैलालीको लम्कीस्थित लालरत्न मेडिकल प्रालिका संचालक लिलाराज विष्टले सो टाटा सुमो एम्बुलेन्स संचालन गर्दै आएका थिए । पहिले चलाई रहेको वैधानिक एम्बुलेन्स पुरानो भएपछि विष्टले चोरीको टाटा सुमो गाडी ल्याएर एम्बुलेन्स बनाइ पुरानो एम्बुलेन्सको नम्बर प्लेट चोरीको गाडीमा टांसेर विरामी ओसार पसार गराउदै आएका थिए ।

कानून अनुसार उक्त गाडी प्रहरीले भन्सार कार्यालयमा बुझाउनु पर्छ ।

जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरीक्षक भुपाल कुमार भण्डारीले चोरीको गाडी चलाइरहेको स्वीकारे । उनले आफूहरुसँग गाडीको कमी भएकाले चोरीको गाडी प्रयोग गरिएको बताए ।

डि भण्डारी,  नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>