समाचारसोमबार, फाल्गुण २१, २०६९
अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तोडफोड
एसएलसीका विद्यार्थीका लागि कोचिङ कक्षा संचालन भईरहेको अवस्थामा प्रवेश गरेका क्रान्तिकारीका कार्यकर्ताले विद्यालय तोडफोड गरेका हुन् ।
विद्यालयका ब्यस्थापक मिलन अधिकारीका अनुसार, नियमित विद्यालय सञ्चालन नभई एसएलसी दिने विद्यार्थीलाई गणित विषयको अतिरिक्त कक्षा संचालन भइरहेका बेला एक हुल क्रान्तिकारीका कार्यकर्ता पसेर दुई वटा ढोकामा इँटा प्रहार गरी ढोका फुटाउनुका साथै कम्प्युटर, प्रीन्टर, दुई थान टेलिफोन सेट र दराज तोडफोड गरेका छन् ।
लाठी लिएर विद्यालयमा प्रवेश गरेका क्रान्तिकारीले विद्यार्थी बोक्ने रिक्सा भ्यानसमेत पल्टाएका थिए । क्रान्तिकारीले तोडफोड थालेपछि एसएलसी दिने तयारीमा रहेका ४९ जना विद्यार्थीलाई बाहिर निकालेर पढाई रोकिएको थियो ।
कमल रिमाल,विराटनगर
