समाचारसोमबार, फाल्गुण २१, २०६९
‘सबैको सहमति नभए प्रधानन्यायाधीश अनिच्छुक’
२१ फागुनमा पाँचथरको फिदिममा आयाजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति कोइरालाले संबैधानिक रिक्तताको समयमा सबै दलको सहमतिबाट चुनावी सरकारको नेतृत्व छनोट गर्नु पर्नेमा एमाओवादीले पार्टीको महाधिबेशनवाट प्रधानन्यायाधीशको नाम अगाडि सारेकोले सबैलाई त्यो स्वीकार्य नभएको बताए ।
चुनाव भएमा आफूहरु जनताबाट तिरस्कृत हुनु पर्ने डरका कारण एमाओवादीले अनकौं व्यक्तिको नाम अगाडि सारेर सत्ता लम्ब्याउन खोजेको कोइरालाको आरोप थियो ।
उनले भने, “बाबुराम नेतृत्वको सरकारको आयु लम्ब्याउन प्रचण्डले कहिले आफ्नो, कहिले माधव नेपाल, कहिले शेर बहादुर त कहिले खिलाराज रेग्मीलाई अघि सार्दै जनतालाई भ्रममा पारेको छन् ।”
मुलुकका सम्पूर्ण राजनैतिक दलको सहमति नभई चुनाबी सरकारको नेतृत्व लिन प्रधानन्यायधीश स्वयम् अनिच्छुक रहेको र उनको नेतृत्वमा सरकार गठन गर्ने बिषयमा अधिकांश दलको असहमति रहेकाले राजनीतिक निर्णयकै आधारमा निष्पक्ष चुनाव हुने आधार खडा गर्नुपर्ने कोइरालाको भनाई थियो ।
लक्ष्मी गौतम, पाँचथर
