समाचारसोमबार, फाल्गुण २१, २०६९
बरु दाहाल स्वीकार्यः पोखरेल
२१ फागुनमा पोखरामा आयोजित एक कार्यक्रममा महासचिव पोखरलले लोकतान्त्रिक मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरित प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनु भन्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नै प्रधानमन्त्री बन्न आग्रह गरे ।
उनले भने, “जेठ अन्तिमसम्ममा निर्वाचन हुने सुनिश्चिता भएमा एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गरे हुन्छ ।”
उनले एमाओवादीको सत्ताकब्जाको रणनीति अनुरुप प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरिएको भन्दै त्यस्तो प्रस्ताव किमार्थ स्वीकार्य नहुने बताए ।
एमाले शिर्ष नेतृत्वले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न सहमति गरे पनि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव पोखरेल र सचिव शंकर पोखरेल लगायतका नेताहरु भने त्यसको विरोधमा छन् ।
माधव बराल, पोखरा
