समाचारसोमबार, फाल्गुण २१, २०६९

डा भगवान कोइरालाले राजीनामा गर्नुका कारण

हिमालखबर

२१ फागुनमा कोइरालाले जारी गरेको विज्ञप्तिमा राजीनामा गर्नुका अन्य कारणहरुमा अस्पतालको लेखा परीक्षण गराउन खोज्दा सहयोग नभएको, विश्वविद्यालयले प्रशासनिक कामका फाइलहरु स्वीकृत नगरी रोकेको र अस्पतालकै बरिष्ठ प्राध्यापकहरुले विरामी अन्य अस्पतालमा रेफर गर्न नपाउने नियम नमानेको जस्ता छन् ।

उनले आफूले गरेका राम्रा कामहरुका बारेमा पनि उल्लेख गरेका छन् । विज्ञप्तिमा ६६ करोड रुपैयाँ घाटामा रहेको अस्पताललाई आन्तरिक खर्च धान्ने अवस्थामा ल्याउन सकिएको उल्लेख छ ।

त्यस्तै इमर्जेन्सीबाटै बिरामी फर्काउने र बाहिरका क्लिनकमा रेफर गर्ने प्रबृत्ति रोकेकोेले आम्दानी बढेको, आर्थिक अनियमितता गर्नेलाई कारवाही गरेको र अनावश्यक खर्च कटौति गरेको पनि कोइरालाले बताएका छन् ।

हाजिर गरेर भाग्ने काम रोक्न फिंगर प्रिन्टसहित आएको र गएको समयको हाजिर गर्ने ब्यवस्था मिलाएको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, “सरकारले पैसा नदिएको कारण देखाउँदै त्रिविले स्थायी कर्मचारीका लागि दिनुपर्ने तलव पनि समय निकासा गरेन । अस्पतालमा आउने सामान्य बिरामीबाट तलव, अन्य संचालन खर्च औषधी तथा उपकरणका लागि पैसा उठाउन सक्ने अबस्था रहेन ।”

उनले अस्पतालले आम्दानीमा केही सुधार गरे पनि त्यो तलव र केही सामान्य दैनिक खर्चका लागि मात्र पर्याप्त भएकोले बिगतदेखि बाँकी रहेको ठूलो आकारको बक्यौता तिर्न सम्बन्धित अधिकारी र सरकारका जिम्मेवार निकायमा कुरा राखेको तर उनीहरुबाट सहयोगको गर्ने आश्वासन पाए पनि ब्यबहारमा लागू नभएको बताएका छन् । उनले अगाडि उल्लेख गरेका छन्, “ सप्लार्यसहरुलाई पैसा नपाए पनि सप्लाई जारी राख भनिरहन सकिन । ”

डा. कोइरालाले आगामी दिनमा शिक्षण अस्पतालभित्रै रहेको मनमोहन कार्डियोलोजी सेन्टरमा निरन्तर सेवा गरिरहने जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>