समाचारमंगलबार, फाल्गुण २२, २०६९
रेग्मीको नेतृत्वमा सरकार गठन हुनेमा कोइराला विश्वस्त छैनन्
२२ फागुन बिहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले प्रधानन्यायाधीश रेग्मीलाई सरकार प्रमुख बनाउने प्रस्ताव एकीकृत माओवादीले न्यायपालिकालाई कमजोर बनाउने उद्देश्यले ल्याएकोले यस विषयमा बाहिर आएजस्तो दलहरुबीच सहमति नभएको बताए ।
कोइरालाले भने, “एमाओवादी र मधेशवादी दलहरुले चुनावमा जाँदा नाङ्गिने सम्भावना रहेकाले चुनावी सरकार गठनका लागि विभिन्न प्रस्ताव ल्याउँदै चुनाव टार्न खोजीरहेका छन् ।”
प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउँदा न्यायपालिका प्रभावित हुने उनको तर्क छ ।
