समाचारमंगलबार, फाल्गुण २२, २०६९
आयल निगम र ट्याङ्कर मजदुरबीच वार्ता जारी
२१ फागुनमा अमलेखगञ्जमा भएको वार्तामा सहमति नभएपछि २२ फागुनमा काठमाडौंको बबरमहलस्थित आयल निगमको कार्यालयमा ढुवानीकर्ता र निगमबीच वार्ता भइरहेको हो ।
तेल लिन भारतको बरौनी गएको ट्याङकरका सहचालकको हत्या भएपछि आक्रोशित मजदुरहरू तेल ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । ट्याङ्कर मजदुरहरुको आन्दोलनका कारण बजारमा तेलको अभाव छ ।

