समाचारमंगलबार, फाल्गुण २२, २०६९

चुनाव हुन नदिन षड्यन्त्र भइरहेको छः यादव

हिमालखबर

नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घको वीरगञ्जमा जारी सम्मेलनलाई २२ फागुनमा सम्बोधन गर्दै फोरम अध्यक्ष यादवले भने, “प्रमुख तीन ठूला दल र मधेशी मोर्चाको सत्ता स्वार्थका कारण मुलुकमा निर्वाचन हुने वातावरण बन्न सकेको छैन ।”

अध्यक्ष यादवले शक्ति सन्तुलनको सिद्धान्त, संवैधानिक व्यवस्था र सङ्क्रमणकालीन राजनीतिक परिस्थिति कुनै पनि दृष्टिकोणबाट बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हु“दैन् भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन पूर्वन्यायाधीश वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा तटस्थ चुनावी सरकार गठन गर्नु अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

“मधेशी, दलित, आदिवासी, जनजातिलगायत पिछडिएका वर्ग एवम् समुदायलाई अधिकार सम्पन्न बनाउनका लागि संविधानसभाको नया“ निर्वाचन अपरिहार्य छ,” यादवले भने ।

मुलुकमा विद्यमान संवैधानिक र राजनीतिक सङ्कट समाधानका लागि वर्तमान सरकारको बहिर्गमन र संविधानसभाको नया“ निर्वाचनको घोषणा एक मात्र विकल्प भएको यादवले बताएका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>