समाचारमंगलबार, फाल्गुण २२, २०६९

कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेताहरुको बैठक हुने

हिमालखबर

फाइल तस्बीर

विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका प्रतिनिधिहरु सम्मिलित कार्यदलको आजै बसेको बैठकमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुबीच नै छलफल हुन लागेको कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिए ।

नेपाली सेनाको तालिम लिइरहेका माओवादी पूर्व लडाकुलाई दिइने दर्जा, बाधाअड्काउ फुकाउ, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन र मतदाता नामावलीमा भएका विवाद मिलाउने विषयमा दलहरुबीच कुरा मिल्न बाँकी छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनका लागि एमाओवादीले गरेको प्रस्ताव सरकार लम्बाउने बहान भएको र आफूलाई त्यसमा विश्वास नलागेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>