थप समाचारमंगलबार, फाल्गुण २२, २०६९

माओवादीका कार्यकर्ताद्वारा गोली प्रहार

हिमालखबर

नेकपा–माओवादी नेर्पा गाउँ कमिटिका लोकेन्द्र राई र ध्रुव राईको समूहले गोली प्रहार गरेपछि युवा संघ नेर्पा गाउँ कमिटी नेर्पाका अध्यक्ष पविन राई घाईते भएका हुन् ।

नेकपा एमाले ७ नम्बर ईलाकाको छैठौं अधिबेसनको प्रचारप्रसार गरेर घर फर्कदै गरेको अवस्थामा २१ फागुन राति ९ बजे पविनमाथि भरुवा बन्दुकले प्रहार भएको जनाइएको छ ।

पविनको अहिले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । गोली प्रहारमा संलग्न दुवै जना फरार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>