थप समाचारमंगलबार, फाल्गुण २२, २०६९

एचआइभीको उपचार संभव छ त ?

हिमालखबर

जेम्स ग्यलाघर

अमेरिकामा एक एचआभी संक्रमित बालिका उपचारपछि पूर्ण स्वस्थ्य भएकी छन् ।

अब न त उनलाई जीवनभर औषधी सेवन गर्नुपर्ने छ, न त सामाजिक दुर्भाव नै झेल्नु पर्नेछ । आफ्ना साथी र परिवारलाई संक्रमणका बारेमा भन्ने नभन्ने बारे पनि उनलाई चिन्ता हुने छैन ।

तर, यी सबैका बीच एउटा ठूलो प्रश्न छ, के साँच्चिकै यो सफलताबाट एचआइभीको उपचार सम्भव भइसकेको भन्न सकिएला त ?

अमेरिकामा पाइएको यो सफलतामा विशेष परिस्थितिहरु पनि गाँसिएका छन् । पहिले त डाक्टरहरुले बालिका एचआइभी संक्रमित भएको शुरुमै पत्ता लगाए र एचआइभी भाइरस निर्मुल पार्न कडा उपचार गरे । तर वयस्कहरुमा यस प्रकारको उपचार सम्भव छैन किनभने उनीहरुमा एचाआइभी भएको पत्ता लगाउन कयौं महिना र कतिपयमा कैयौं वर्षसमेत लाग्छ ।

बेलायतमा जहाँ एचआइभीको संभावित खतरामा रहेका समूह जसको नियमित निशुल्क जाँच गरिन्छ उनीहरुमध्ये पनि चारजनामा एकजनालाई आफू एचआइभी संक्रमित भएको थाहा हुँदैन । जुनबेला उसलाई थाहा हुन्छ त्यतीखेरसम्म उसभित्र एचाआइभीको भाइरस पूरै फैलिसकेको हुन्छ र रोगप्रतिरोधी क्षमतामासमेत ठूलो क्षति भइसकेको हुन्छ, त्यसैले उपचारले एचाआइभी भाइरसलाई निर्मूल पार्न सकिंदैन ।

एचआइभीबाट बच्नु उपचार गर्नुभन्दा धेरै सजिलो छ ।

‘किलर’ होइन
त्यसो भए एचआइभीको उपचार सम्भव छैन त ?

ध्यान दिनुपर्ने कुरा के हो भने एचआइभी अब पहिलेको जस्तो ‘घातक’ रहेन ।

यस बारेमा पहिलो पटक २० औं शताब्दीको शुरुवातमा अफ्रिकामा पत्ता लाग्यो र १९८० मा आउँदासम्म यो वैश्विक स्वास्थ्य समस्या बनिसकेको थियो ।

शुरुवातका दिनहरुमा यसको कुनै उपचार संभव थिएन ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्ला तीन दशकहरुमा यो ज्यानमारा भाइरसले ढाई करोडभन्दा धेरै ब्यक्तिको ज्यान लिइसकेको छ ।

९० को दशकको मध्यसम्म यो भाइरसका विरुद्ध यस्तो थेरेपी विकास भयो जसले गर्दा एचआइभी–एड्सबाट हुने मृत्युको संख्यामा नाटकीय कमी आयो ।

त्यसपछि एचआइभीबाट संक्रमित व्यक्तिहरुको ठिक तरिकाबाट उपचार गरियो भने उनीहरुको जीवनकाल सामान्य मानिसहरुको जस्तै हुन सक्छ भन्ने पत्ता लाग्यो । तर, विश्वभरका एचआइभी संक्रमितहरुमध्ये ७० प्रतिशत जनसंख्या भएको सब सहारन अफ्रिकाका गरिबहरुमा औषधीको पहुँच सहज छैन ।

कमजोर कडी
अक्सफोर्ड विश्वविद्यालयका डाक्टर जोन फ्रेटरले बीबीसीलाई भने, “हामी सँधै एचआइभीलाई रोक्न सकिंदैन भन्ने सोच्थ्यौं । तर अहिले भएका खोजहरुबाट एचआइभीको उपचार असम्भव छैन भन्ने लाग्न थालेको छ ।”

कुनै व्यक्तिलाई पहिलो पटक एचआइभीको संक्रमण भएपछि यस्ले तिव्र रुपमा शरीरका कोशिकाहरुलाई संक्रमित गराउँछ । त्यसपछि भाइरस ‘डिएनए’ भित्र सुरक्षित लुकेर बस्छ ।

तर, अब यस्ता प्रायोगिक औषधीहरु उपलब्ध छन जसले भाइरसलाई शरीरबाट बाहिर निकाल्न सक्छन र त्यसलाई बेअसर पार्न सक्छन् ।

डाक्टर फ्रेटर भन्छन, “औषधीबाट भाइरस कोशिकाभित्र सक्रिय हुन्छ र इम्युन सिस्टममा देखिन थाल्छ, जहाँ खोपका मद्दतबाट त्यसमाथि हमला गर्न सकिन्छ ।”

यद्यपी यो प्रक्रियाबाट उपचारका लागि त्यस्ता औषधीहरुको आवश्यकता हुन्छ जसले भाइरसलाई सक्रिय बनाउन सकुन र त्यस्तो खोपको आवश्यकता हुन्छ जसले इम्युन सिस्टमलाई भाइरस निर्मुल पार्न प्रशिक्षण दिन सकोस । डाक्टर फ्रेटर अगाडि भन्छन, “तर यथार्थ अली फरक छ, हामी यो स्तरसम्म पुग्न अँझै धेरै समय लाग्ने छ ।”

एउटा अर्को विकल्प– उपचारका क्रममा म्युटेशन अर्थात जेनेटिक परिवर्तनको प्रयोग गरेर एचआइभी संक्रमणबाट मानिसलाई सुरक्षित पार्ने पनि हुन सक्छ ।

सन् २००७ मा टिमोथी रे ब्राउन यस्तो व्यक्ति भए जसको एचाआइभी संक्रमणको पूर्ण उपचार सम्भव भयो । रत्त m क्यान्सरको उपचारका क्रममा पहिले उनको इम्युन सिस्टमलाई नष्ट गरियो, त्यसपछि अर्को व्यक्तिको स्टेम सेल उनको शरीरमा प्रत्यारोपण गरियो ।

विरामीलाई आफ्नो इम्युन सिस्टम (रोग प्रतिरोधी प्रणाली) लाई बलियो पार्न जेनेटिक इञ्जिनियरिंगको पनि मद्दत लिन सकिन्छ । तर यो अहिले संभव देखिंदैन ।

अनिश्चय
ब्रिटेनमा इम्पिरियल कलेजका एड्स भ्याक्सिन प्रोग्राम प्रमुख प्रोफेसर जोनाथन वेबर भन्छन, “परिपक्व संक्रमणका मामिलामा हामीलाई केही जानकारी छ, तर यो सबै अहिले एक्सपेरिमेन्टल औषधीको स्तरमै छ । अहिलेसम्म यसक्षेत्रमा सर्वसम्मति बन्न सकेको छैन न त कुनै सोझो बाटो देखिएको छ ।”

लन्दनको होमर्टन अस्पतालकी कन्सल्टेन्ट प्रोफेसर जेन एन्डरसन भन्छिन, “अमेरिकी बालिकाको उपचार भएको छ, यो निकै खुशीको मौका हो तर, यसले आजको एचआइभी संक्रमित संसारको अनुहार बदल्न सकिंदैन ।”

आमाहरुबाट बच्चामा हुने संक्रमण औषधी र शल्य चिकित्साबाट रोक्न सकिन्छ । तर वयस्कहरुमा धेरैजसो असुरक्षित यौन ब्यवहारबाटै संक्रमण हुने गरेको छ ।

एचआइभी एउटा संक्रमण हो जसबाट बच्नु उपचार गर्नुभन्दा धेरै सजिलो छ ।
स्वास्थ्य र विज्ञान संवाददाता, बीबीसी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>