समाचारबुधबार, फाल्गुण २३, २०६९
बन्दले देशभरको जनजीवन प्रभावित
प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि दलहरुले गरिरहेको तयारी असंवैधानिक भएको बन्द गरिएको नेकपा–माओवादीले जनाएको छ । त्यस्तै राष्ट्रिय स्वाधिनताको रक्षा, प्रधानमन्त्रीको राजीनामा जनसंविधान लगायतको माग आयोजकले गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, एकीकृत कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगायतका दलहरु मोर्चामा संलग्न छन् ।
२३ फागुन बिहानदेखि शुरु भएको बन्द साँझ ५ बजे सकिने आयोजकले जनाएको छ ।

