समाचारबुधबार, फाल्गुण २३, २०६९

भेनेजुएलाका राष्ट्रपति चाभेजको निधन

हिमालखबर

गत वर्ष अक्टोबरमा ६ वर्षका लागि भेनेजुएलाको राष्ट्रपति पदमा निर्वाचित ह्युगो चाभेज ल्याटिन अमेरिकाका मुखाले र विवादास्पद नेतामा मानिन्थे । सेनामा प्याराट्रुपर रहेका चावेज १९९२ मा सैन्य कु को विफल कोशिशपछि नेताका रुपमा चर्चामा आएका थिए ।

फेरि त्यसको ६ वर्षपछि उनी भेनेजुएलाको राजनीतिमा आएको उथलपुथलपछि जनआक्रोशको लहर भजाउँदै राष्ट्रपतिको कुर्सीसम्म पुग्न सफल भए ।

उनले भेनेजुएलमा समाजवादी क्रांतिको जरा बलियो बनाउन समयको आवश्यकता भएको भन्दै एकजना व्यक्ति जति पटक पनि राष्ट्रपति हुन पाउने गरी संविधान संशोधन गराएका थिए । उनका समर्थकहरु उनलाई गरीबका साथी भन्छन् भने आलोचकहरु उनलाई तानशाह बन्न खोजेको आरोप लगाउँछन् ।

चाभेजको सरकारले शिक्षा, स्वास्थ्य जस्ता कैयौं आधारभूत सेवाहरुमा विभिन्न सुधारका कार्यक्रम ल्यायो । उनका तमाम कमजोरीका बावजुद चाभेज भेनेजुएलाका लोकप्रिय नेता थिए ।

सन् २००२ मा भएको विद्रोहपछि चाभेज केही सत्ताबाट बाहिरिनु परेको थियो । चाभेजले त्यसको पछाडि अमेरिकाको हात भएको आरोप लगाउँदै आएका थिए । त्यसपछि उनी सन् २००६ को निर्वाचनपछि फेरि सत्तामा उदाए ।

गत अक्टोबर महिनामा उनी तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>