समाचारबुधबार, फाल्गुण २३, २०६९
माओवादी कार्यालयमा तोडफोड
२३ फागुनमा बन्दका क्रममा नेकपा–माओवादीका कार्यकर्ताहरुले सदरमुकाम खलंगाबाट रुकुमकोटमा जाँदै गरेको जीप रातामाटामा तोडफोड गरेपछि आक्रोशित भएका ब्यवसायीहरुले नेकपा–माओवादीको कार्यालयमा तोडफोड गरेका हुन् ।
यातायात ब्यवसायीहरुले माओवादी कार्यालयभित्रका केही कागजात नष्ट पार्नुका साथै कार्यालयको साइन बोर्ड र झण्डासमेत फालिदिएका छन् ।
नेकपा–माओवादीका स्थानीय नेताहरुले एमाओवादीको निर्देशनमा कार्यालयमा तोडफोड भएको र तोडफोड गर्ने ब्यवसायीहरु समेत एमाओवादी सम्बद्ध भएको आरोप लगाएका छन् । उनीहरुले आफूहरु प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन् ।
दुबै पक्षबीच झडप हुन नदिन प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ ।
खलंगामा सवारी साधनहरु चलेका छैनन् भने बजार पनि पूर्णरुपमा बन्द छ ।
लक्ष्मण केसी, रुकुम
