समाचारबुधबार, फाल्गुण २३, २०६९
डा. कोइरालाको राजीनामा स्वीकृत नगर्न माग गर्दै धर्ना

डा. भगवान कोइरालाले त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट १८ फागुनमा राजीनामा दिए पनि स्वीकृत भइसकेको छैन ।
शिक्षण अस्पतालको मुल गेटमा धर्ना दिइरहेका उनीहरुले डा. कोइरालाले अस्पतालको विकासका लागि उल्लेख्य योगदान दिएको भन्दै उनी निर्देशकको पदमा बहाल रहेर अस्पतालको विकासमा थप योगदान दिनुपर्ने बताएका छन् ।
धर्नाकारीहरुले डा. कोइरालालाई पदमा फर्कन उपयुक्त वातावरण बनाउन पनि माग गरेका छन् ।
कोइरालाले आफूलाई अस्पतालकै प्राध्यापक, कर्मचारीहरु र विश्वविद्यालयबाट समेत असहयोग भएको भन्दै नियुक्त भएको चार महिना नपुग्दै १८ फागुनमा राजीनामा दिएका थिए ।
शिक्षण अस्पताल महाराजगञ्जमा सुधारको अपेक्षा गरिरहेकाहरु उनको राजीनामाबाट निराश भएका छन् ।
