थप समाचारबुधबार, फाल्गुण २३, २०६९
पत्रकारहरुको मोटरसाइकल तोडफोड
२३ फागुन दिउँसो नेपाल अटो पत्रकार संघको बागबजारमा बैठक बसिरहेका बेला संघका महासचिव केदार दाहाल र अर्का पत्रकार चुडामणी कोइरालाको मोटरसाइकलमा नेपाल संघीय जनगणतान्त्रिक मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेको र अध्यक्ष उज्वलजंग शाहमाथि दुब्र्यवहार भएको संघले जनाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा घटनाप्रति खेद व्यक्त गर्दै सुरक्षाको प्रत्याभूतिका लागि गम्भीर बन्न सरकार र संवन्धित पक्षको ध्यानाकर्षण गरिएको छ । 
