थप समाचारबुधबार, फाल्गुण २३, २०६९
प्रधानमन्त्री हुन्न र विहे पनि गर्दिन: राहुल गान्धी
सन् २०१४ मा हुने आम निर्वाचनमा राहुल गान्धीलाई सञ्चारमाध्यमहरु र अधिकांश कांग्रेस कार्यकर्ताहरुले प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्ने गरेका छन् । तर उनले २३ फागुनमा सो पद अस्वीकार गरेको समाचारमा जनाइएको छ ।
“यदि मलाई तपाईं आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने हो भन्ने प्रश्न सोधियो भने यो गलत प्रश्न हुनेछ,” राहुलले भने, “प्रधानमन्त्रीको पद मेरो प्राथमिकताको विषय होइन किनभने म निकै लामो समयसम्मको राजनीतिको पक्षमा छु,” भारतीय कांग्रेस संसदीय दलको बैठकमा उनले भने ।
भाषणका क्रममा राहुल गान्धीले विवाह पनि नगर्ने घोषणा गरेका छन् । “यदि मैले विवाह गरें भने मेरो दायित्व देशप्रति भन्दा पनि परिवार प्रति बढ्न जानेछ,” उनले भने, “त्यसैले म विवाह पनि गर्दिन ।”
भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजिव गान्धी र हाल भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीका छोरा ४२ वर्षीय राहुल गान्धी कांग्रेस आइका उपाध्यक्ष हुन् ।
सिन्ह्वा

