समाचारबिहीबार, फाल्गुण २४, २०६९

दोस्रो दिनको बन्दको आंशिक प्रभाव

हिमालखबर

२४ फागुनमा संघीय लोकतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दमा राजधानीमा केहीमात्रामा सवारी साधनहरु चलेका छन् ।

२४ फागुनमा आह्वान गरिएको बन्दमा राजधानीका सडकहरुमा सार्वजनिक सवारी साधन नचले पनि निजी सवारी साधान केहीमात्रामा चलेका छन् । फाट्टफुट्ट टेम्पो र ट्याक्सीहरु पनि चलेका छन् ।

काठमाडौ‌मा बन्दकर्ताहरुको उपस्थिति बाक्लो नदेखिए पनि केही प्रभाव भने परेको छ । मुख्य बजारका पसलहरु खुलेका छैनन भने भित्री भागका पसलहरु खुल्ला छन् ।

त्यसैगरी बन्दको पहाडी जिल्लाहरुमा प्रभाव न्यून छ भने तराईका जिल्लाहरुमा अली बढी छ ।

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने मुख्य चार शतिmको निर्णयको विरुद्धमा मधेशी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल नागरिक पार्टी, जनमुतिm पार्टीलगायतका दल सहभागी मोर्चाले बन्दको आह्वान गरेको हो ।

यसअघि २३ फागुनमा नेकपा माओवादीसहितका दलहरुले नेपाल बन्दको आह्वान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>