समाचारबिहीबार, फाल्गुण २४, २०६९

‘एमाओवादी न्यायालय र सेनालाई कमजोर पार्न चाहन्छ’

हिमालखबर

२४ फागुनमा विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले एमाओवादी अहिले न्यायालय र नेपाली सेनालाई कमजोर पार्ने खेलमा लागेको दाबी गरेका छन् ।

उनले भने, “एमाओवादीको सत्ता कब्जाको रणनीतिको मुख्य बाधक न्यायालय र नेपाली सेना रहेकाले अहिले त्यसै अनुसार यी दुबै संस्थालाई कमजोर पार्ने षडयन्त्र भइरहेको छ ।”

न्यायपालिका र कार्यपालिकामा एउटै व्यक्ति प्रमुख हुनु लोकतन्त्रमा कसैगरी पनि मान्य नहुने भन्दै पोखरेलले एमालेको ५ फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकले पनि प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन नहुने निर्णय गरेको बताए ।

अहिले एमाओवादीले थापेको पासोमा दलका नेताहरु फसेको भन्दै उनले सबैलाई मान्य हुने विकल्पमा सहमति गरी राजनीतिक दलको नेतृत्वमा सरकार गठन गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>