समाचारबिहीबार, फाल्गुण २४, २०६९

रेग्मीलाई रोक्न परेको रिटको सुनुवाई सर्‍यो

हिमालखबर

अधिवक्ता भरत जंगमले दायर गरेको बहुप्रतिक्षित रिटको सुनुवाका लागि २४ फागुनमा सर्वोच्च अदालतका न्यायाधीशत्रय गिरिशचन्द्र लाल, सुशिला कार्की र कल्याण श्रेष्ठको विशेष इजलासमा पेशी चढाइएको थियो ।

“विशेष इजलाशले रिटमाथि सुनुवाई गर्दै चैत १ गते बहसका लागि पेश गर्नु भन्ने आदेश गरेको छ, ” सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले हिमालखबरलाई बताए ।

यस्तै प्रकृतिको अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको सुनुवाई पनि १ चैतमा रहेकोले दुबै मुद्दाको बहस अबै सँगै हुने भएको छ । “दुबै मुद्दा एकै प्रकृतिका भएकाले अब सँगै चैत १ गते सुनुवाई हुने भएको छ,” रावलले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>