समाचारबिहीबार, फाल्गुण २४, २०६९
‘प्रधानन्यायाधीश नेतृत्वको सरकार लोकतन्त्रविरोधी’
वीरगन्जमा २४ फागुनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गच्छदारले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु लोकतान्त्रिक मुल्य र मान्यता विपरीत हुने भए पनि मुलुकको समस्या समाधानका लागि अर्को उपयुक्त विकल्प नभएकाले यो विकल्प रोजिएको पनि जिकिर गरे ।
उनले जुनसुकै उपायबाट भए पनि निर्वाचन गराउनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै जेठमै निर्वाचन गराउन दलहरुबीच चैत मसान्तसम्म सहमति भइसक्ने दाबी गरे ।
यसैबीच गृहमन्त्री गच्छदारलाई संघीय लोकतान्त्रिक मोर्चाले कालो झण्डा देखाएका छन् ।
वीरगञ्जबाट काठमाडौं फर्कन सिमरा विमानस्थल जाँदै गरेका मन्त्री गच्छदारालाई कालो झण्डा देखाएका हुन् । मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको मोर्चाका कार्यकर्ताहरुले गच्छदार मधेश बिरोधी भएको भन्दै नाराबाजी समेत गरेका थिए ।
अली असगर, वीरगञ्ज
