समाचारबिहीबार, फाल्गुण २४, २०६९

हिमालपारी प्रधानमन्त्रीलाई बहिस्कार

हिमालखबर

विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा–माओवादी लगायतले  सहमति विपरित २४ फागुनमा आयोजित जिल्ला परिषदमा प्रधानमन्त्रीलाई सहभागी गराइएको भन्दै कार्यक्रम नै बहिस्कार गरेका हुन् ।

यस अघि जिल्ला परिषदमा मनाङ्कै वासिन्दा समेत रहेका नेकपा–माओवादीका सचिव देव गुरुङलाई प्रमुख अतिथी बनाउने सहमति भएको थियो । तर सहमति विपरित जिविसले प्रधानमन्त्रीलाई ल्याएको विपक्षी दलहरुको भनाई छ ।

एमाले मनाङले पनि प्रधानमन्त्री भट्टराईलाई बहिस्कार गर्ने भन्दै विज्ञप्ति जारी गरेपनि एमालेका मनाङ जिल्ला उपाध्यक्ष मंगलबहादुर गुरुङ परिषदमा सहभागी थिए ।

परिषदले आगामी आर्थिक बर्षका लागी ४४ करोड ८९ लाख ६१ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

युवराज श्रेष्ठ,लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>