समाचारबिहीबार, फाल्गुण २४, २०६९
जेठमै निर्वाचन हुने प्रधानमन्त्रीको दाबी
मनाङ जिल्ला परिषदको २४ फागुनमा उद्घाटन गर्न सदरमुकाम चामे पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर जेठमा निर्वाचन गर्न प्रमुख दलहरु सहमत भईसकेको बताएका छन् ।
आफ्नो नेतृत्वको सरकारलाई विपक्षी दलहरुले साथ नदिएकाले आफुले चुनाव गराउन नसकेको भट्टराइको भनाई छ । “मंसीरमा घोषणा गरिएको चुनाव केही पार्टीले समर्थन नगर्दा हुन सकेन,” भट्टराइले भने ।
पत्नी हिसिला यमीसँगै मनाङ आएका प्रधानमन्त्री भट्टरईले केही दलहरुले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनमा सहमति गर्न ढिलो गरेकाले नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै थपे, “तर, चुनाव हुन्छ ।”
युवराज श्रेष्ठ, लमजुङ
