समाचारबिहीबार, फाल्गुण २४, २०६९

एक दिनको बन्दले साढे दुई अर्ब घाटा

रासस

महासङ्घ उद्योग विभाग समितिका अध्यक्ष दिनेश श्रेष्ठले एक दिनको बन्दमा प्रत्यक्ष रूपमा कृषि उत्पादनबाहेक दुईदेखि साढे दुई अर्ब घाटा हुने महासङ्घको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

मिडिया इन्टरनेसनलले २४ फागुनमा आयोजना गरेको अन्तरक्रियामा श्रेष्ठले भने, “एक दिनको बन्दले दुई अर्बभन्दा बढी घाटा हुन्छ, यसले १५ लाख सानाठूला व्यवसायी मारमा परेका छन् । बन्दले उत्पादनसँगै आपूर्ति र निर्यातमा ठूलो घाटा पुगेको छ, यसबाट उद्योगी–व्यवसायी पलायन भएका र उत्पादन घट्दो अवस्था छ ।”

अध्यक्ष श्रेष्ठका अनुसार देशभर साना ठूला गरेर १५ लाख व्यवसायी छन्, त्यसमध्ये एक लाख १० हजार कम्पनी दर्ता गराएका व्यवसायी छन् ।

कार्यक्रममा अर्थविद् डा चन्द्रमणि अधिकारीले बारम्बारको बन्दले देशको आर्थिकमात्र नभई सामाजिक क्षेत्रमा पनि असर पु¥याएको बताए ।

उनले राजनीतिक दलहरूले बन्दहडताल गर्दा यसले आमजनतामा वितृष्णा पैदा हुने भन्दै राजनीतिक दलहरूले बन्दको संस्कृति सधैँका लागि बन्द नगरे उनीहरूको भविष्य समाप्त हुने टिप्पणी गरे ।

राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष रमेशचन्द्रबादे श्रेष्ठले बारम्बारको बन्दले मुलुकका व्यवसायी मारमा परेका भन्दै बन्दहडतालको संस्कृति सदाका लागि अन्त्य गरी आर्थिक क्षेत्रलाई शान्तिक्षेत्रका रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।

पुस्तक व्यवसायी रामदेव पाण्डेले बारम्बारको बन्दले देश आक्रान्त बन्दै असफल राष्ट्र बन्ने खतरा बढेको भन्दै यस्ताखाले बन्द निरन्तर रहे प्रतिवाद गर्न बाध्य हुने अवस्था आउने उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>