समाचारबिहीबार, फाल्गुण २४, २०६९

केही दिन साँझ–साँझ पानी पर्ने

हिमालखबर

पश्चिमी वायु कमजोर भई जमिन बढी तातेका कारण मौसममा प्रभाव परेको र त्यसबाट मेघ गर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् राजेन्द्र श्रेष्ठले बताएका छन् ।

उनले भने, “उपत्यकासहित देशका पहाडी भागमा हिजोबाट मौसममा बदली भएको छ, पहाडी क्षेत्रमा केही दिन यो जारी रहन्छ, विशेष गरी साँझपख क्षणिक वर्षा हुने सम्भावना छ ।”

मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव नहुँदा जमिन तातेर स्थानीयरुपमा बादल विकसित भएकाले मौसममा बदली भएको हो । पहाडी क्षेत्रबाहेक अन्य स्थानमा मौसम सफा छ ।

उपत्यकाको आजको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>