समाचारबिहीबार, फाल्गुण २४, २०६९
नेपाली महिला टोलीद्वारा किलिमन्जरो शिखर आरोहण

नेपाली टोलीमा शैली बस्नेत, पुजना आचार्य, चुनु श्रेष्ठ, माया गुरुङ, पेमा दिक्की शेर्पा, निम्डोमा र आशा कुमारी सिंह रहेकाछन् ।
७ जनाको नेपाली टोलीलाई ताञ्जानीयाका ३ महिलासँगै अफ्रिकन अभिनेत्री हलुबी म्बोयाले साथ दिएकी थिईन् । यो समूहले २२ फागुन बिहान ७ बजेर ४५ मिनेटमा ५८९५ मिटरको किलिमन्जरोको शिखरमा पाइला राखेका थियो ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्पन्न किलिमन्जारो आरोहणको उद्देश्य महिला शिक्षाको महत्वमा प्रकाश पार्नु रहेको छ । आरोहणपछिको एक हप्तासम्म उनीहरुले ताञ्जानियाको राजधानीदेखि विकट गाँउसम्मका विद्यालय पुगेर विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने भएका छन् ।
नेपाली टोलीमा शैली बस्नेत, पुजना आचार्य, चुनु श्रेष्ठ, माया गुरुङ, पेमा दिक्की शेर्पा, निम्डोमा र आशा कुमारी सिंह छन् ।
टोलीलाई नेपाल सरकार, ताञ्जानीया सरकार, नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (ताञ्जानीया) आदि राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरुको विविध सहयोग रहेको छ । ताञ्जानीया लगायत दक्षिण अफ्रिकामा नेपाली पर्यटन प्रर्वद्धन समेत गर्ने नेपाली टोलीकी सदस्य शैली बस्नेतले बताईन् ।
