समाचारशुक्रबार, फाल्गुण २५, २०६९

सहमतिको नजिक पुगेको नेताहरुको भनाई

हिमालखबर

चुनावका लागि वातावरण बनाउन अन्य विषयमा पनि सहमति खोज्नका लागि एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको २४ फागुन साँझको बैठक सहमतिको नजिक पुगेको र आज २५ फागुनमा अन्तिम टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

दलहरुले अहिलेसम्म कुनै ठोस सहमति नगरे पनि चाँडै सहमति गरेर प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने भन्न छोडेका छैनन् । नेपाली कांग्रेसका एक नेताका अनुसार आजै सबै विषयमा अन्तिम टुंगो लगाएर २६ फागुनसम्ममा प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।

एकजना कानून ब्यवसायी भन्छन, “तर न्यायालयको निर्णय पर्खने भन्दै आएका प्रधानन्यायाधीश उनलाई प्रधानमन्त्री नबनाउन सर्वोच्चमा परेका दुईवटा मुद्दा किनारा नलाग्दै कसरी शपथ ग्रहणका लागि तयार होलान र ?”

दलहरुले सहमति गर्न सकेनन्

फाइल तस्बीर

Mar 7, 2013 @ 20:59
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि सैद्धान्तिक सहमति गरेका दलहरुले त्यसलाई अन्तिम रुप दिन आज पनि सकेनन्।

चार राजनीतिक शक्तिका शीर्ष नेताहरुको २४ फागुन साँझ नयाँ बानेश्वरमा बसेको बैठकले भोली २५ फागुनमा अन्तिम सहमति गर्ने निर्णय गरेको बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने दलहरुको सहमतिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज अन्तिम सुनुवाई भएपछि अगाडिको बाटो तय गर्न सहज हुने भन्दै पर्खेका दलका नेताहरुलाई उक्त मुद्दाको सुनुवाई १ चैतमा सरेपछि पनि अप्ठ्यारो परेको हो ।

अब २५ फागुन बिहान प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्दा हुन सक्ने संवैधानिक र कानूनी ब्यवधानका बारे कानूनविदसँग छलफल गरेपछि दिउँसो फेरि दलका नेताहरुको बैठक बस्ने उपाध्यक्ष श्रेष्ठले बताएका छन् ।

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठनसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोग, नागरिकता विवाद, नेपाली सेनाको तालिम लिइरहेका माओवादी लडाकुको दर्जा मिलान लगायतका विषयहरुमा सहमति गर्नु पर्ने एमाओवादी र मधेशवादी दलहरुको अडानका कारण पनि सहमतिले अन्तिम रुप लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>