थप समाचारशुक्रबार, फाल्गुण २५, २०६९

भाडा बढ्यो, छैन सुविधा

हिमालखबर

फाइल तस्बीर

२५ फागुनदेखि लागु हुने गरी बढाइएको भाडादर अनुसार सार्वजनिक यातायातका साधनमा ९ प्रतिशतले र मालबाहक सवारीका साधनको भाडा ११ प्रतिशतले बढेको छ ।

नयाँ भाडादर अनुसार उपत्यकामा सार्वजनिक सवारी चढ्ने यात्रुले गाडी चढेपछि सबैभन्दा कम १५ रुपैंया तिर्नुपर्ने छ । लामो दूरीमा यात्रा गर्नेहरुले भने यसअघिको भाडामा ९ प्रतिशत बढाएर तिर्नु पर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पाटपुर्जा र श्रमिकको ज्याला लगायतमा वृद्धिका आधारमा सार्वजनिक गाडीमा भाडा बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता देवीराम भण्डारीले जानकारी दिए ।

सवारी साधनको भाडा बढिरहँदा सुविधाको स्तरमा भने कुनै बृद्धि भएको छैन । राजधानी लगायत देशका विभिन्न भागमा चल्ने सवारी साधनमा यात्रु असीमित रुपमा कोच्ने, यात्रुमाथि दुब्र्यबहार हुने, थोत्रा गाडीहरु चलाएर दुर्घटनाको जोखिम हुने जस्ता विषयमा न त ब्यवसायीको न सरकारको नै ध्यान पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>